प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीको जीवनः पहिलो पटकको भेटमै विहे पक्का गरे

फुर्सदमा सबैभन्दा मिल्ने साथी जस्तै लाग्छ फेसबुक

धनकुटाको लेगुवाङमा जन्मिएर काठमाडौंलाई आफ्नो कर्मथलो बनाउन सफल व्यक्ती हुन,वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की । २०३५ सालदेखी प्राइभेट अफिस मार्फत कानून व्यवसाय गर्दै आएका कार्कीको मुख्य पेशानै त्यहि हो । अत्यन्त बेस्त जीवन चलाउदै आएका कार्की कानून व्यवसायी मात्र भने होइनन्, उनले विगत तीन बर्षअघिदेखी अर्को महत्वपूर्ण जिम्मेदारी समेत सम्हादै आएका छन । अर्थात हाल उनी प्रेस काउन्सिल नेपालको अध्यक्षको रुपमा समेत कार्यरत छन । उनको कार्यकाल आउदो फागुनमा समाप्त हदैछ । उनी नेपालका परिचीत कानून व्यवसायीको सूचिमा गनिने,कानूनको व्यवहारीक ज्ञानले पोख्त र एक सफल व्यवसायी मानिन्छन । पेशाले कानून व्यवसायी भएपनि उनी कुशल प्रशासक,सक्षम नेतृत्वकर्ता र संचार तथा प्रेस सम्बन्धी विषयमा जानकार समेत रहेका छन । प्रेस काउन्सिलमा पाएको जिम्मेवारीका साथै आफ्नो निजी कानून व्यवसाय,अन्य संघ संस्था र पारिवारीक कामहरुलाई समेत कुशलतापूर्वक निर्वाह गरिरहेका छन ।

धेरैजसो समय काममै बेस्त रहने कार्की खाली समय मिल्यो भने फेसबुकमा रमाउने गरेको बताउँछन,त्यसो त उनका फेसबुकमा अधिकाशं साथीहरु युवा पुस्ताका छन,सबै उमेरका मानिसहरुसँग फेसबुकमा गफ गर्न रुचाउने र सबैलाई सम्मान गर्ने उनको बानी छ । काठमाडौंमा साढें चार तलेघर,श्रीमती र दुई छोरा सहितको खुशी परीवार,आर्थीक आयआर्जनको पेशा व्यवसाय र सन्तुष्ट जीवन,यो सबै संघर्ष र मेहनतबाट प्राप्त भएको उनले बताए । उनको जीवनका अनेक मोड र पाटोलाई हरपल नेपालले ‘मेरो जीवन’ स्तम्भ मार्फत केलाउने प्रयत्न गरेको छ । मेहनत र संर्घषको अर्को नाम सफलता भएको बताउदै कार्कीले आफ्नो जीवनका विविध पाटोहरुलाई रमाइलो पाराले यसरी प्रस्तुत गरे ।

मेरो रुचि

फिल्म – आजभोली त खासै फुर्सद हुदैन तर म वयस्क उमेरमा भने नयाँ फिल्म आयो भने सकेसम्म नछुटाइ हर्ने गर्दथ्य । त्यो उमेरमा साथीहरुसँग फिल्म हेर्न जानपाउदा अत्यन्त खुशी लाग्थ्यो तर धेरै अहिले बर्ष भयो मैले फिल्म हेरेको छैन । मैले त्यतिबेला धेरैले मन पराएको आमा,परीवार जस्ता फिल्महरु हेरेको थिए । त्यतिबेला फिल्म हेरेपछि कलाकारले जस्तै राम्रो काम गर्ने इच्छा बढ्ने गर्दथ्यो ।

यात्रा – पढेको भन्दा प्रत्यक्ष देखेको र भोगेको कुराबाट धेरै ज्ञान प्राप्त गर्न सकिन्छ भन्ने मलाई लाग्छ । केहि दिनको फुर्सद समय मिल्यो भने नयाँ ठाउँको यात्राको योजना बनाउने गर्दछु । यात्राबाट मलाई मनमा एक खालको आनन्द मिल्ने गर्छ ।म केहि बर्ष पहिले अफ्रिकन राष्ट्र केन्याको भ्रमणमा गएको थियो,भ्रमण अघि मलाई त्यो देश पिछडिएको र धेरै हिसाबले कमजोर मुलुक जस्तो लागेको थियो तर जब त्यहाँ पुगें, वास्तवमा मैले पढेको र सोचेको भन्दा भिन्न पाएँ । केन्या धेरै हिसाबले विकसित भएको मैले पाएँ । त्यहाका मानिसहरु अत्यन्त परिश्रमी देखें,वास्तवमा त्यहाबाट मैले मिहेनत र संर्घषले मानिसलाई सफल बनाउछ भन्ने बुझ्न पाएको थिए ।

पुस्तक र लेखक– नयाँ खालको पुस्तक बजारमा आयो भने किनेर पढीहाल्ने गर्छु । मैले धेरै लेखकका पुस्तकहरु अध्ययन गरेको छु । साहित्य लेखनमा भन्दा मलाई अध्ययनमा रुचि छ, तर युवा उमेरमा कहिलेकाही कविता लेख्ने गर्दथ्य, त्यतिबेला गरेका रचनाहरु अझै मैले राखेको छु । मलाई ती संकलन गरेर प्रकाशन गर्ने ईच्छा जागेको छ । म राजनीतिक दर्सन र विश्लेषणमूलक पुस्तकहरु पनि पढ्ने गर्छु,त्यसो त मैले आज सम्म धेरै पुस्तक पढें होला । तर मुनामदन जति अरु पुस्तक मन परेनन् । मलाई लक्ष्मीप्रसाद देवकोटाले लेखेका प्राय सबै कृतिहरु मन पर्छन । उनका कृतिमा समाजको वास्तविकता प्रतिबिम्बित भएको पाउँछु ।

मेरो परिवार (विवाह)

– मेरो सानो परिवार छ । श्रीमती,दुई छोरा र म गरी हामी चार जना छौ । एउटा छोराले डिग्री र अर्कोले ग्रेजुएट गर्दैछन । श्रीमती घरायसी काममा बेस्त हुनुहुन्छ । म कहिले यताको अफिस कहिले उताको अफिस, बास्तवमा सारै बेस्त हुन्छु । म युवा अवस्थामा राजनीतिमा पनि संक्रिय थिए र त्यहि काममा बेस्त हुन्थ्य । त्यतिबेला विवाह गर्ने उमेर भो भनेर घर र आफ्न्तीहरुले कुरा गर्न थाले । बिहेअघि सम्म मैले कसैलाई मन पराएको वा लभ भएको थिएन, मलाई त्यतातिर ध्यान नै थिएन । घरबाट उहाँलाई हेर्ने र मसँग विहेको लागि कुरा अगाडि बढाउने काम भएको रहेछ,अन्त्यमा मलाई घरबाट केटी खोजेको र विहे गर्नुपर्छ भन्ने खालको कुरा आयो, मैले केहि नसोची ठिकै छ भनीदिए । पहिलो पटक देखे र बिहे गरे । मैले तीस बर्षको उमेरमा विबाह गरेको हुँ । वास्तवमा माया,प्रेम भन्ने कुरा मेरो जीवनमा विवाह पछि नै सुरुवात भयो,विवाह अघि महशुस भएन । हामीबीच आजसम्मको सम्बन्धमा कहिले असहमती र बेमेल भएको छैन ।

मेरो कमाई

– म अफिस समय प्रेस काउन्सिलमा बिताउँछु । त्यो भन्दा अरु समय आफ्नो ल फर्ममा काम गर्ने गर्छु । विहान ९ देखी १० बजे सम्म र साझँ अफिस सकिएपछि ल फर्ममै जान्छु, चाप हेरेर साझँ आठ बजे सम्म त्यहाँ कामको हुन्छ, त्यो सकेर घर जाने गर्दछु । यसरी घर पुग्दा थकित भइएको हुन्छ, अनि एकछिन मोबाइलमा फेसबुक चलाएर बस्ने बानी छ । यसरी काम गर्दा मेरो मासिक आम्दानी एक लाखको हाराहारीमा पुग्छ तर छोराहरुको पढाई,घर खर्च आदीमा त्यहि अनुपातमा खर्चपनि हुन्छ । खासै बचत भने गर्न सकिन्न ।

मेरो घर

– मेरो घर कालोपुल रहेको छ । हामी श्रीमान श्रीमती दबैजनाले पहिले घर कस्तो बनाउने भन्ने सल्लाह गरेर काम सुरु गरेका थियौं । मैले २०५६ सालमा करिब ६० लाख जतिको लगानीमा साढे चार तल्लाको अहिले बसिरहेको घर बनाएको हुँ । घर बनाउदा धेरै कुरामा ध्यान दिइएकाले होला गत बर्षको भूकम्पले पनि त्यसलाई केहि क्षति गरेको छैन ।

मेरो पढाई

–मैले एसलएसी र प्रमाण पत्र तह धनकुटाबाट गरे । त्यसपछि स्नातक महेन्द्र मोरङ विराटनगरबाट पाश गरे पछि प्राइभेट बिएल पनि पाश गरे । मैले अर्थशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट स्नाकोत्तर उर्तिण गरेको छु । त्यतिबेला पढाईमा बेस्त भइयो,अहिले काममा बेस्त, बास्तवमा जीवनमा फुर्सद भन्ने कहिल्यै नहुदो रहेछ ।

फुर्सदको पल

– मसँग त्यति धेरै फुर्सद नै मिल्दैन, कहिले काही समय खाली भयो भने म त्यो समयमा फेसबुक चलाउने गर्दछु,यो नजिकको साथी जस्तै लाग्छ । फेसबुकमा समाचार पनि आउने र विभिन्न उमेर समूहका साथीहरुको सोच,धारणा आदिपनि बुझ्न पाइने भएकाले म फुर्सद हुदा फेसबुकमै रमाउने गर्दछु । म्यासेजमा साथीहरुसँग कुरा गर्दा,अरुको बारेमा जानकारी पाउँदा असाध्यै खुशी लाग्छ । त्यसका साथै अलि लामो समय फुर्सद निस्क्यो भने पुस्तकहरु पनि पढ्छु ।

मेरो खाना

– हाम्रो परिवार सानो भएकाले पनि होला,सबैलाई एउटै प्रकारको खाना चल्छ । परिवारमा पिरो,नुनिनो,अमिलो जस्ता खानाका स्वादहरु पनि प्राय हाम्रो मिल्छ । फरक खालको खाना मन पराउने कोही छैन । म बाहिर बनाइने मःम,चाउमिन,पिजा जस्ता खानेकुराहरु खासै मन पराउदीन, मेडेम र छोराहरुले पनि घरमै पाकेको परिकार मन पराउँछन । हाम्रो घरमा सामान्य दाल भात र रोटीनै खाने गरेका छौ ।

मेरो पोसाक

– म प्राय पाइनट सर्ट लगाउन सजिलो मान्छु,त्यहि पोसाक सुहाएको पनि हुन्छ । तर कहिले काहि औपचारिक समारोह वा कार्यक्रममा जानुपर्दा दौरा सुरुवाल नेपाली पोसाक पनि लगाइन्छ । पोसाक लगाउदा सुहाउदो गरी लगाउनु पर्छ भन्ने हाम्रो परीवारको मान्यता छ ।

मेरो स्वास्थ्य

– मेरो स्वास्थ्य अवस्था सामान्य छ । आज सम्म कुनै दुर्घटना र ठूलो रोगले सताएको छैन,यसमा आफुलाई भाग्यमानी ठान्दछु । म स्वास्थ्यको विषयमा अलि बढिनै ख्याल राख्ने गर्छु विशेषत खानपिन,आराम र मनोरंजनमा मैले सन्तुलन मिलाउने गरेको छु । विहानपख सामान्य खालको रारिरीक व्यायामपनि गर्ने गर्दछु ।

मेरो मोबाइल

–(हाँस्दै) म मोबाइलको अलिबढि सोखीन छु । मलाई बजारमा आएका नयाँ नयाँ मोबाइल चलाउने सोख लाग्छ र सम्भव भएमा अरु खर्च कटौति गरेर भएनि मोबाइलको लागि व्यवस्था मिलाउने मेरो बानी छ । अहिले मैले सामसुङको लेटेस्ट मोडेल चलाएको छु, यसको बजार मूल्य ३५ हजार जति होला । अब अर्को किन्ने बारे सोचीराखेको छु ।

मेरो टेलिभिजन

– म एनटिभी नै बढि हेर्छु । टेलिभिजनमा समाचार र हास्यशृखलाहरु हेर्न मन पर्छ ।

मेरो राम्रो बानी

– मलाई अरुले मिलेको पोसाक लगाएको भनेर भन्नुहुन्छ,प्राय म सफा र राम्रो कपडा नै प्रयोग गर्छु । बाहिर निस्कदा पोसाक र समयको ख्याल गर्छु । सितिमिति म मानिसहरुसँग रिसाउँदीन,हाँसेर बोल्ने बानी छ । अरुको समस्यामा सकेको सहायता गर्छु ।

मेरो नराम्रो बानी

–म काममा बेस्त भएको बेला अरु सबै कुरा र परिवारको विषयमा सोच्दीन । म फेसबुक चलाउदा होस वा पुस्तक पढ्दा पनि बिचमा अरुले डिस्डर्ब गरेको मन पराउँदिन । गरिरहेको काम नसकेसम्म अन्य विषयमा सोच्ने मेरो बानी छैन । परिवारको लागि चाहिएजति समय दिन सकेको हुदैन,त्यो गुनासो पनि परिवारबाट आउँछ । सायद सबै कुराको लागि समय मिलाउन नसक्नु मेरो नराम्रो बानी हो जस्तो लाग्छ ।

जीवनको लक्ष्य

– मैले आजसम्म प्राप्त गरेको सबै सफलता आफ्नो संघर्षबाट पाएको छु,त्यो कसैले तानेको वा बनाइदिएको होईन । जीवन यात्राको यहाँ सम्म पुग्दा मैले धेरै कुराहरु गरिसकेको छु । अब आगामी दिनहरुमा धेरै सम्पती कमाउने,ठूलो पद ओगट्ने खालको लालसा मैले पालेको छैन । बाँकी जीवनमा समाज र राष्ट्रलाई देन दिने खालका काममा लाग्न चाहन्छु । मैले पत्रकारीता क्षेत्रमा केही नयाँ पहल गर्ने र न्याय क्षेत्रमा बढ्दो बिसंगती,बिकृतिलाई हटाएर न्यायमा सबैको पहुँच पुगाउने खालको काममा योगदान गर्ने लक्ष्य बनाएको छु । बाँकी जीवन म पुर्न राजनीतिको क्षेत्रमा, राजनीतिक सुद्धताको लागी योगदान गर्न चाहन्छु ।